दुई मुक्तक : गंगा लिगल

दुई मुक्तक : गंगा लिगल

कपन अनलाइन

काठमाडौं,असार २१ ।

धर्म र पुण्यको फलिफाप छ यहाँ
बसुदैव कुटुम्बकमको छाप छ याहाँ

हृदयभित्र आपसी सौहाद्रता भरी
नेपाली स्नेह जडित माप छ यहाँ ।

पशुपतिको आनन्दमय देश यो
हामी सुरक्षित छौँ स्वर्ग नयाँ देश यो
कहीं कसैलाई आघात नलागोस
सुन्दर प्रकृतिको माधुर्य मय देश यो ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।