नेपाल विद्यालय खेलकुद महासंघ र प्याब्सन बीच समझदारी

नेपाल विद्यालय खेलकुद महासंघ र प्याब्सन बीच समझदारी

विद्यालय तहमा खेलकुद गतिविधि सन्चालन गर्नका लागि नेपाल विद्यालय खेलकुद महासंघ  र निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल (PABSON) बीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

विद्यालय खेलकुद र शैक्षिक कार्यक्रम मार्फत विद्यार्थीहरूलाई विश्वव्यापी खेलकुद गतिविधिहरूमा अवसरहरू सिर्जना गर्नका लागि दुवै पक्षले काम गर्ने समझदारी भएको विद्यालय खेलकुद महासंघका महासचिव राजकुमार कार्कीले बताएका छन् ।

समझदारीपत्र अनुसार अबदेखि NSSF र  PABSON ले संयुक्त रुपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विद्यालय खेलकुद कार्यक्रमहरू आयोजना गर्ने, प्रशिक्षक विकास, खेल सामाग्री सहयोग, छात्रछात्राहरुको सहभागिता सुनिश्चित गर्ने, तथा ISF -International School Sport Federation का कार्यक्रमहरुमा समन्वय गरी प्रतिनिधित्व गर्ने जस्ता कार्यहरूमा सहकार्य गर्नेछन । कार्यक्रममा ISF का अध्यक्ष विनोद श्रेष्ठ रPABSON का अध्यक्ष कृष्ण प्रसाद अधिकारीले समझदारीपत्रमा हस्ताक्षर गर्नु भएको हो ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका खेल विज्ञान विभाग प्रमुख प्रो. पशुपति अधिकारी लगायत महासंघ तथा प्याव्सनका दाधिकारीहरुको उपस्थिति थियो ।

ल्क्क्ँ का अध्यक्ष विनोद श्रेष्ठले नेपालको विद्यालय स्तरको खेलकुद विकासमा यो सझदारी कोसेढुंगा सावित हुन बताए  । त्यसैगरी, PABSON का अध्यक्ष कृष्ण प्रसाद अधिकारीले यो सहकार्यले निजी विद्यालयहरुमा शिक्षा सँग सँगै खेलकुदलाई अझ प्राथमिकता दिने बताए  ।

तपाइँको प्रतिक्रिया ।