राष्ट्रिय परिस्थिति असहज भएपछी डा. गोविन्द केसीले अनसन तोडे

राष्ट्रिय परिस्थिति असहज भएपछी   डा. गोविन्द केसीले अनसन तोडे

काठमाडौं । एघार दिनदेखि अनसन बसिरहेका डा. गोविन्द केसीले देशको अवस्थालाई कारण देखाउँदै मंगलबार दिउँसो अनसन तोडेका छन् । नेपालको चिकित्सा शिक्षासम्बन्धी विभिन्न माग राखी अनसनमा बसेका त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डा. केसी सातौं चरणको अनसन बसिरहेका थिए ।
Govinda-Kc
आफ्नो मागभन्दा देशलाई परेको अहिलेको समस्या ठूलो भएको भन्दै आफ्ना शुभेच्छुक चिकित्सक तथा स्वास्थ्य क्षेत्रका व्यक्तिहरुको आग्रह र अनुरोधलाई मध्यनजर राख्दै अनसन तोडेको बताए । ‘मैले पनि देशको समस्या समाधानलाई नै प्राथमिकता दिनु पर्ने महशुस गरेर अनसन तोडेको हुँ ।’ उनले भने ।

उनले आफ्ना मागहरु र आन्दोलन कायमै रहेको बताए । डा. केसीले संविधानमा देखिएका विवाद र भारतले नेपाल माथि गरेको हस्तक्षेपविरुद्ध सबै नेपाली एक भएर लाग्नु पर्ने बताए ।

 

तपाइँको प्रतिक्रिया ।