सम्बन्ध : अन्जु शर्मा (लघुकथा)

सम्बन्ध : अन्जु शर्मा (लघुकथा)

कपन अनलाइन

काठमाण्डौ,असार १४।

श्रीमतीले फुलिस्केपको पन्ना निकालेर छोरीको हातमा थमाइन् ।
श्रीमानले ड्रवेरबाट पेन्सिल निकालेर दिए ।
“ओहो ! पहिलो अक्षर ‘जून !’ हाम्री छोरी दुनियाँका लागि शितल छहारी बन्नेछिन् ।” श्रीमती दङ्ग परिन् ।
“दोस्रो अक्षर ‘घाम !’ पक्कै हाम्री छोरी तेजवान बन्नेछिन् ।” श्रीमान मुस्कुराए ।
‘रातो’ लेखिन् । “मेरी छोरी क्रान्तिकारी हुन्छिन् ।” श्रीमती चिच्याइन् ।
‘कालो’ लेखिन् । “मेरी छोरीले अन्यायको प्रतिकार गर्छिन् ।” श्रीमान पनि चिच्याए ।
फुलिस्केपको सेतो पन्नामा छोरी लेख्दै गइन । धेरै शब्द पछाडि उनले ‘आमा’ लेखिन् । श्रीमतीले गर्व गर्दै भनिन् “मातृशक्ति भनेको धर्ती समान हुन्छ ।”
श्रीमान झोक्किदै “छोरीबाट मेरो बंशको अन्त्य निश्चित छ । त्यसैले एबर्सन गर्नपर्छ ।
“अझै तिम्रो दिमागमा पितृसत्ताको ह्यङ्ओभर बाँकी नै छ ? म तिमीलाई त्याग्छु तर बच्चा जन्माउछु ।”
“बिहेको पहिलो रात थियोे ।”
निद्रामा हानाहान र भनाभन गर्दै थिए । बिहानै सम्बन्ध विच्छेदको मुद्दा दायर गर्नुपर्यो रे ! हैन, हिजोआज यो सम्बन्ध चाहिँ कति सस्तो भएछ ?”
बाले छोराबुहारीको सम्बन्धलाई लिएर चिन्ता व्यक्त गर्नुभयो ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।