चन्द्रागिरि नगरपालिकाको बजेट नेकपा एमाले द्वारा बहिस्कार, के छ कारण ?

चन्द्रागिरि नगरपालिकाको बजेट नेकपा एमाले द्वारा बहिस्कार, के छ कारण ?

कपन अनलाइन

काठमाण्डौ ,असार ११।

चन्द्रागिरि नगरपालिकाको १६औं नगर सभा बहिष्कारपछि नेकपा एमाले चन्द्रागिरि नगर कमिटीले प्रेस विज्ञप्ति जारी गरेको छ । चन्द्रागिरि नगरपालिकाको आर्थिक वर्ष २०८२÷०८३ को बजेट कार्यक्रमको घटना क्रमको विषयमा पार्टीको नीति स्पष्ट पार्न प्रेस विज्ञप्ति जारी गरिएको एमालेले जनाएको छ ।

नगर कमिटी अध्यक्ष उत्तम बहादुर राउतले चन्द्रागिरि नगरपालिकाको सुन्दर भविष्य सुनिश्चितताको चिन्तन गर्दै पार्टीको दृष्टिकोण आम नगरबासीमा प्रष्ट पार्न विज्ञप्ति जारी गरिएको बताए  । उनले बजेट भनेको आगामी वर्षको आम्दानी र खर्चको आंकलन भएको बताउँदै सन्तुलित बजेट, बचत बजेट र घाटाको बजेट गरी तीन किसिमको बजेट निर्माण हुने भन्दै चन्द्रागिरिमा बचत बजेट निर्माण हुनु असम्भव प्रायः रहेको टिप्पणी गरेका छन  ।

विज्ञप्तिमा नियमित समयमा निरन्तर घाटाको बजेटमार्फत नगर संचालन गर्नु नगरलाई आर्थिक अराजकताको भुमरीमा धकेल्नु सरह भएको उल्लेख गरिएको छ ।

नेकपा एमाले चन्द्रागिरि नगर कमिटीले जनताले तिरेको करको दुरुपयोग नहोस् भन्ने अभिप्रायले नगरको घाटा बजेट बहिष्कार गरेको पनि जनाएको छ ।

अध्यक्ष राउतले बजेट निर्माण गर्दा स्रोत अनुमानको निर्णय, बजेट सीमा निर्धारण, बजेट तर्जुमा हुँदै जानु पर्नेमा स्रोत अनुमानको आधिकारिक निर्णय नै नगरी उपप्रमुखको नेतृत्वमा रहेको बजेट तर्जुमा समितिको जिम्मेवारीलाई समेत अनाधिकृत ढंगले हडपेर नगर प्रमुख आफैले बजेट तयार गरी नगर प्रवक्तामार्फत पेश गर्न लगाउनु विधिको चरम उल्लंघन भएको दाबी गरेका छन  ।

उहाँले संसदीय मान्यताको सामान्य ख्याल समेत नगरी एक तिहाई नगरसभा सदस्यहरुको असहमति राख्ने ठाउँसम्म नदिई एकांकी ढंगले बहुमतको अहंकार प्रदर्शन गरेको समेत आरोप लगाएका छन  ।

तपाइँको प्रतिक्रिया ।