गजल : नम्रता श्रेष्ठ
कपन अनलाइन
काठमाण्डौ ,असार ७।
तिमी सङ बिताएको मिठो पल भुल्न कहा सक्छु र
तिमी ले देखाएको सुन्दर सपना कुल्चन कहाँ सक्छु र
यो मुटु त सधै भरी तिम्रै नाम मा धड्किन्छ नि
तिम्रो याद आउने बाटो रोक्न कहाँ सक्छु र
गुलाफ फुलको सुवास बनी आयौ मेरो जीवनमा
तिमी बिना बगैँचामा डुल्न कहा सक्छु र
वसन्तको पालुवा झैँ मौलायो हाम्रो माया
साउनको भेल झैँ उर्लन कहाँ सक्छु र
मेरो सारा खुसी अनि संसार तिमी हौ नि
तिमी बिना यो जिन्दगी सोच्न कहाँ सक्छु र
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
