मौरी पालन सम्बन्धी अध्ययनका लागी धापाखेल ललितपुरमा बुढानीलकण्ठको टोलि
कपन अनलाइन
काठमाण्डौ ,असार ६ ।
बुढानीलकण्ठ नगरपालिकाको उद्यम विकास शाखाद्वारा आयोजित मौरी पालन सिप विकास तालिम अन्तर्गत सहभागीहरुलाई एक दिने स्थलगत अध्ययन अवलोकन गराईएको छ ।
असार ०४ गते उप-प्रमुख अनिता लामा, वडा नं. ३ अध्यक्ष आकाश धिताल सहित शाखा प्रमुख शान्ति ढकाल, उद्यम सहजकर्ता सरस्वति लोहार लगायत सहभागीहरु सहित ललितपुर, धापाखेल स्थित माउन्टेन बि कर्न्सनमा जानु भएको थियो ।
कार्यक्रमले सहभागीहरूलाई मौरी पालनको व्यावहारिक ज्ञान, प्रविधि र आधुनिक तरिकाहरूसँग परिचित गराउनुका साथै यस व्यवसायबाट आम्दानी अर्जन गर्ने अवसर प्रदान गरेको उपप्रमुख अनिता लामाले जानकारी दिएकी छन ।
उहाँले यस्ता प्रशिक्षणहरूले स्थानीय युवा तथा किसानहरूको आर्थिक सशक्तिकरणमा महत्त्वपूर्ण भूमिका खेल्ने बताउँदै सहभागीहरूलाई आगामी दिनमा यस क्षेत्रमा अग्रसर हुने आशा व्यक्त गरेकी छन।
यस अवसरमा सहभागी सबै सहभागीलाई उनीहरूको सिकाइ यात्रामा सफलता र मौरी पालन व्यवसायमा राम्रो प्रगति हुन शुभकामना दिइएको छ । नगरपालिकाले यस्ता रोजगारमूलक प्रशिक्षणहरू भविष्यमा पनि जारी राख्ने बताएको छ।
तपाइँको प्रतिक्रिया ।
