देशभर पेट्रोलियम पदार्थको चरम अभाव

इन्डियल आयल कर्पोरेशनले नेपालमा आपूर्ति गर्ने तेलमा ७० प्रतिशत कटौती गरेपछि राजधानी लगायत देशभर पेट्रोलियम पदार्थको चरम अभाव देखिन थालेको छ । नेपाल आयल निगमले पुरानो बक्यौता तिरी नसकेको र नयाँ आपूर्तिको वातावरण पनि नबनाएकोले पेट्रोलियम पदार्थमा कटौति गर्नु परेको आई.ओ.सी. ले जनाएको छ ।

 

नेपाल आयल निगमले आई. ओ.सी.लाई तिर्नु पर्ने बक्यौता बढ्दै गएपछि यस्तो स्थिति सृजना भएको स्रोतले बताएको छ भने आई.ओ.सी.ले तेल खरिद कार्ययोजना र स्पष्ट भुक्तानी योजना माग गरेपनि सरकारले त्यसमा खासै चासो नदेखाए पछि यो स्थिति आएको नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेश कुमार अग्रवालले बताउनु भयो ।

पेट्रोलियम पदार्थमा भएको एक्कासी गिरावटले सर्वसाधारण ठूलो मर्कामा परेका छन् । पेट्रोल पप्प तिर सवारी जाम बढेको छ भने ट्याक्सी लगायतका सवारी साधनले तेलको अभाव देखाउँदै मनपरी भाडा अशुल्न थालेका छन् । राजधानीका पसलमा तरकारी, खाद्ध्यान्न लगायतका दैनिक उपभोग्य वस्तुमा पनि मूल्य बृद्धी गरिएको छ ।

तपाइँको प्रतिक्रिया ।