नेसनल प्याब्सन बुढानीलकण्ठको आयोजनामा दुई दिने शिक्षक तालिम सम्पन्न
कपन अनलाइन
काठमाण्डौ ,असार १।
नेसनल प्याब्सन बुढानीलकण्ठको आयोजनामा दुई दिने शिक्षक तालिम सम्पन्न भएको छ।
बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १२ मा रहेको बोधिसदन इङ्गलिस स्कुलमा भएको सो तालिममा सहभागीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो।
नेसनल प्याब्सन बुढानीलकण्ठका अध्यक्ष राजेन्द्र पुडासैनीको अध्यक्षतामा तथा बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १२ का अध्यक्ष शम्भु प्रसाद भट्टराईको प्रमुख आतिथ्यतामा भएको तालिम समापन समारोहमा विभिन्न वक्ताहरुले तालिमको सफल समापनका लागि बधाई ज्ञापन गरेका थिए।
१४ विद्यालयका करिव ८० जना सहभागी रहेको सो तालिम समापनको अवसरमा बुढानिलकण्ठ नगरपालिकाको सामाजिक विकास समितीकी संयोजक शान्ता ढकाल पुडासैनी, वडा नं १२ की सदस्य मिना बयलकोटी, नेसनल प्याब्सनका केन्द्रीय सदस्य भिष्म ढकाल, जिल्ला उपाध्यक्ष नारायणबाबु तिमल्सिना,सदस्य खेम मिश्र ,महेन्द्र बौद्ध माविका प्रधानाध्यापक धर्मेन्द्र खकुरेल लगायतको उपस्थिति रहेको थियो।
सो तालिममा पवित्रा राना र शर्मिला राना मगरले प्रशिक्षण प्रदान गरेको सो तालिम समापनको संचालन नगर समितीका सचिव मोहन फुँयालले गरेका थिए भने स्वागत मन्तव्य कमलमणि न्यौपानेले राखेका थिए।