त्रि–ज्योतिमा.वि. मा विश्व वातावरण दिवस सम्पन्न

त्रि–ज्योतिमा.वि. मा विश्व वातावरण दिवस सम्पन्न

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ २३।

‘प्लाष्टिक प्रदूषण न्यूनीकरण हाम्रो दायित्व’भन्ने नाराका साथजुन ५ का दिनमनाइने विश्ववातावरण दिवसकाअवसरमात्रि–ज्योतिमा.वि. ले विभिन्नकार्यक्रमहरु आयोजना गरेको छ।

बुनपा–१२ का वडाध्यक्ष शम्भुप्रसाद भट्टराई,बुनपा वातावरण शाखाका प्रमुखविनोद पण्डित र प्राचार्य गणेशकुमार मिश्रको संयुक्त उपस्थितिमा त्रि–ज्योतिमा.वि.को प्राङ्गण र माता बालकुमारी मन्दिर परिसरमा विभिन्न जातका फलफूलका बिरुवाहरु रोपेर  उक्तकार्यक्रमसुरु गरिएको थियो ।

कक्षा –१० का विद्यार्थीहरुले बंगलामुखी मन्दिर परिसर, कक्षा ९ का विद्यार्थीहरुले बालकुमारी मन्दिर परिसरमा सफाइर वृक्षरोपण गरेका थिएभने उक्त ९ कक्षाका बाँकी केही विद्यार्थीहरुले दुर्गा मन्दिरको सरसफाइमा समय दिए। त्यस्तै कक्षा–८ का विद्यार्थीहरुले विद्यालयको हातभित्रविभिन्नजातकाफलपूmलको बिरुवाहरु रोपेका थुए  । कक्षा ०७ का विद्यार्थीहरुले“स्वस्थ जीवनको आधारः विद्यालयको वातावरण नै पूर्वाधार”भन्ने नारा सहित विद्यालय परिसर सफा गरेका थिए  । कक्षा ४, ५ र ६ का विद्यार्थीहरुलाई त्रि–ज्योतिमा.वि. को सभाहलमा श्रव्यदृश्यका माध्यमबाट वातावरण, स्वास्थ्य, प्रकृति, जीवजन्तु, नदीनाला र हाम्रो भविष्य सम्बन्धमा ज्ञान प्रदान गरिएको थियो  ।

कक्षा १ र २ का विद्यार्थीहरुलाई वातावरण सम्बन्धी चित्रकला प्रतियोगिता गराइएको थियो भने कक्षा ०३ का विद्यार्थीहरुलाई बगैँचाको अवलोकनमा संलग्न गराई वातावरणको संरक्षणमा ध्यानदिने शिक्षा प्रदान गरिएको थियो  ।

खेर गएका प्लास्टिकबाट निर्मा णगरिएका सामग्रीहरु मध्ये कक्षा ६ की छात्रा इन्तिङसा लिम्बू प्रथम, कक्षा ५ की छात्रा अन्शुना सिग्देल द्धितीय, र कक्षा ६ का छात्र एलन राईले जुनियर तर्फबाट तृतीय स्थान प्राप्त गरेका थिए  ।

त्यस्तै सिनियरतर्फबाट कक्षा १० का छात्र दावा शेर्पा प्रथम , कक्षा ०९ की छात्रा श्रेया पोखरेल द्धितीय र कक्षा ७ का छात्र अनमोल हुमागाईँले तृतीय स्थान प्राप्त गरेका थिए  ।

निर्णायक मण्डलमा सुशानवाराकोटी, रेवन्त दास, अर्चना खतिवडा र भगवती वस्नेत रहनुभएको थियो । प्रथम, द्धितीय र तृतीय स्थान प्राप्त गर्ने बालबालिकाहरुलाई विशेष कार्यक्रम मार्फत सम्मान गरिने कुरा विद्यालय प्रशासनले जनाएको छ ।

उक्त कार्यक्रममा भूमि, जल र वायुको दिगो व्यवस्थापनमार्पmत हाम्रो भविष्य सुनिश्चितगर्ने अभियानमा सबैको ध्यानजान सकोस् भन्ने विचार राख्दै विद्यालयका प्राचार्य गणेशकुमार मिश्रले स्थानीय सरकार,विभिन्न सङ्घसंस्था र विद्यालयकातहगतइन्चार्ज,कर्मचारी लगायत सबैलाई धन्यवाद दिदै  कार्यक्रम समापन गरेका थिए ।

 

तपाइँको प्रतिक्रिया ।