प्रधानमन्त्रि भट्टराईद्धारा सुर्यवहादुर थापासँग भेट

राजिनामा दिएर शुन्यबाट नयाँ सहमती खोज्न थापाको सुझाव

राजनीतिक सहमतिका लागि भन्दै पूर्व प्रधानमन्त्रीहरुसंग भेट गर्दै हिंड्नु भएका प्रधानमन्त्री बाबुराम भट्टराईले आज पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापासंग भेटवार्ता गर्नुभएको छ । मालीगाउँस्थित थापाको निवासमा भएको भेटमा पूर्व प्रधानमन्त्री थापाले भट्टराइलाई पदत्याग गरेर शून्यको अवस्थाबाट छलफल शुरु गर्न सुझाव दिनुभएको थियो । प्रधानमन्त्री भट्टराइले पनि आफु अहिलको अवस्थाबाट पार पाउन सहयोग गर्न  तयार रहेको बताउनु भएको थापाले जानकारी दिनुभयो ।

सवै पक्षबीच सहमति भएमा जुनसुकै बिकल्पका लागि पनि छलफल गर्न सकिने थापाको भनाई थियो । प्रधानमन्त्री भट्टराइले संविधान सभाको निर्वाचन लगायतका सवै बिषयमा प्याकेजमै सहमति गर्नुपर्नेमा जोड दिएको बताइएको छ ।

तपाइँको प्रतिक्रिया ।