बुढानीलकण्ठ वडा नं १० का व्यवसायीहरुलाई विशेष सम्मान
कपन अनलाइन
काठमाडौं ,जेष्ठ १२।
बुढानीलकण्ठ नगरपालिका वडा नं. १० ले “क्षमता विकास, कर प्रणाली अभिमुखिकरण तथा व्यवसायी सम्मान कार्यक्रम” भव्य रुपमा सम्पन्न गरेको छ।
गाउँ विकास समिति कालदेखिका दर्ता भई हाल सम्म नविकरण गरेका व्यवसायीहरुलाई विशेष सम्मान गर्दै कार्यक्रम सञ्चालन गरिएको हो ।कार्यक्रममा ५० भन्दा बढी व्यवसायीहरुलाई छाता, डायरी, प्रमाणपत्र तथा खादा मालाले सम्मान गरिएको थियो ।
कार्यक्रममा सम्बोधन गर्दै वडा अध्यक्ष नवराज भट्टराईले स्थानीय व्यवसायीहरू वडा विकासको मेरुदण्ड भएको र उहाँहरूको योगदानको सम्मान गर्नु स्थानीय सरकारको कर्तव्य रहेको जानकारी दिनुभयो । उहाँले व्यवसायीहरुलाई धन्यबाद व्यक्त गर्दै आगामी दिनहरूमा अझ प्रभावकारी नीति र कार्यक्रमहरू मार्फत व्यवसायीहरूसँग सहकार्य गर्दै जाने बताँउनुभएको छ।
कार्यक्रममा वडा अध्यक्ष नवराज भट्टराई, वडा सदस्य चन्द्रमान श्रेष्ठ, रिता दाहाल, दिल कुमारी बि.क., वडा सचिव भोला ढुङ्गाना लगायत वडा कार्यालयका सम्पूर्ण कर्मचारी तथा स्थानीय व्यवसायीहरुको उल्लेख्य उपस्थिति रहेको थियो।
