बुढानीलकण्ठ नगरपालिकामा “BIN THERE, HACKED THAT !” आयोजना हुँदै; ईच्छुकले आवेदन दिन मिल्ने

बुढानीलकण्ठ नगरपालिकामा “BIN THERE, HACKED THAT !” आयोजना हुँदै; ईच्छुकले आवेदन दिन मिल्ने

कपन अनलाइन

काठमाडौं ,जेष्ठ १२।

एनसेल फाउन्डेसनको प्रस्तुतीमा, बुढानीलकण्ठ नगरपालिका र खालीसिसीको संयुक्त आयोजनामा नेपालकै प्रमुख नवप्रवर्तन स्पर्धा “BIN THERE, HACKED THAT!” – #WasteHackathon 2025 आयोजना हुँदैछ। वातावरणीय समस्यालाई प्रविधिमार्फत समाधान गर्ने उद्देश्यले आयोजना गरिएको यस ह्याकाथनले CODER, सिर्जनशील युवा, जलवायु विचारक र परिवर्तनकामीहरूलाई एकै ठाउँमा ल्याउनेछ।

यो उच्चस्तरीय ह्याकाथन विश्व वातावरण दिवस (World Environment Day) को अवसर पारेर जेठ २२ गते (June 5, 2025) बुढानीलकण्ठ नगरपालिका हलमा आयोजना हुँदैछ। सहभागीहरूले फोहोर व्यवस्थापनका चुनौतीहरूलाई समाधान गर्न प्रविधि-आधारित, सर्कुलर र दिगो उपायहरू विकास गर्नेछन्।

यसमा भागलिनका लागी आयोजकले आवेदन खुलाएका छन् । आवेदकहरुले  https://lnkd.in/ehVUtVZB यस लिङ्क मार्फत २०८२ जेठ १५ गते सम्म आवेदन दिन पाउनेछन् ।

यस ह्याकाथनमार्फत नेपाललाई सफा, डिजिटल र वातावरणमैत्री बनाउने दिशामा ठुलो पाइला चालिने विश्वास लिइएको छ। #BinThereHackedThat  लाई केवल एक इभेन्ट नभई राष्ट्रिय अभियानको रुपमा आयोजकले प्रस्तुत गरेको जानकारी दिएका छन् ।

तपाइँको प्रतिक्रिया ।