नेसनल प्याव्सन बुढानिलकण्ठको अध्यक्षमा राजेन्द्र पुडासैनी, कार्यसमितिको पदस्थापन सम्पन्न

नेसनल प्याव्सन बुढानिलकण्ठको अध्यक्षमा राजेन्द्र पुडासैनी, कार्यसमितिको पदस्थापन सम्पन्न

कपन अनलाइन

काठमाडौं ,जेष्ठ १०।

नेसनल प्याव्सन बुढानिलकण्ठको अध्यक्ष राजेन्द्र पुडासैनी सहितको कार्य समितिले पदस्थापन भएको छ।

नेसनल प्याव्सनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष शम्भु अधिकारीको प्रमुख आतिथ्यतामा भएको पदस्थापन कार्यक्रममा अध्यक्ष पुडासैनी सहित पदाधिकारी र सदस्यहरुले सपथ ग्रहण गरेका थिए ।

नेसनल प्याव्सन बुढानिलकण्ठको उपाध्यक्षमा मुरारी चालिसे र सचिवमा मोहन फुयालले सपथ ग्रहण गरेका छन । बुढानिलकण्ठ नगरपालिका वडा -१० मा भएको पदास्थपन समारोहमा कोषाध्यक्ष सुबाष कोइराला र सदस्यहरु शम्भु अधिकारी, पबित्रा राना , मनोज नेपाल , रमेश खतिवडा र कमलमणि न्यौपानेले सपथ ग्रहण गरेका थिए।

नेसनल प्याव्सन काठमाडौं जिल्ला समितिका अध्यक्ष अमृत खड्काको अध्यक्षतामा भएको पदस्थापन समारोहमा बुढानिलकण्ठ नगरपालिका वडा -१२ का अध्यक्ष शम्भु प्रसाद भट्टराई , सामाजिक विकास समितिकी संयोजक शान्ता ढकाल पुडासैनी,केन्द्रीय उपाध्यक्ष बिष्णु पराजुली, महासचिव प्रकाश चन्द्र खड्का केन्द्रीय कोषाध्यक्ष खड्ग बस्नेत , बागमती प्रदेश कमिटी उपाध्यक्ष डि एन महतो सहित नेसनल प्याव्सनका नेता तथा सदस्य विध्यालयहरुको उपस्थिति रहेको थियो।

तपाइँको प्रतिक्रिया ।