समायोजन बचत तथा ऋण सहकारी संस्थाको सदस्य शिक्षा,संचार तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
कपन अनलाइन
काठमाडौं ,जेष्ठ ११।
बुढानिलकण्ठ नगरपालिका वडा नं ३ मा रहेको समायोजन बचत तथा ऋण सहकारी संस्थाको सदस्य शिक्षा, संचार तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
संस्थाका अध्यक्ष दामोदर पौडयालको अध्यक्षता र नगरपालिकाका सहकारी शाखाका प्रमुख अच्युत खड्काको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा सदस्यहरुलाई सकारात्मक सोच, स्वस्थ जीवन शैली र सहकारीका विविध पक्षका बारेमा प्रशिक्षण समेत प्रदान गरिएको थियो।
बुढानिलकण्ठ नगरपालिका सामाजिक विकास समिति संयोजक शान्ता ढकाल पुडासैनी, सहकारी शाखाका सुस्मा घिमिरे लगायतको उपस्थिति रहेको सो कार्यक्रममा कृष्ण आचार्य र अनन्त श्रेष्ठले प्रशिक्षण प्रदान गरेका थिए।
संस्थाका कर्मचारी सुजाता कार्कीले संचालन गरेको सो कार्यक्रमका सहभागीहरुलाई कृति खरेलले स्वागत गरेकी थिइन्।
तपाइँको प्रतिक्रिया ।
