दुई मुक्तक : भारद्वाज मित्र
कपन अनलाइन
काठमाडौं ,जेष्ठ १०।
सुन सुन साथीहरु मनभित्र गुन
बाबुबाजे भन्ने गर्थे हाम्रा लागि सुन
राम्रा राम्रा कुराहरु जोगाउनु पर्छ
साथीसँङ्गी सबैलाई सुनाउनु पर्छ ।
कतिकुरा पैलादेखि चलिआए पनि
कतिकुरा सघैँ सधैँ भइआए पनि
तर्साउँदै हामीलाई पर जाऊ भुरा
हामीलाई हेलाँहोचो गर्ने जस्ता कुरा ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
