भक्ति इन्टरनेसनल एकेडेमीले अभिभावक माझ पाठ्यक्रम अभिमुखिकरण सम्पन्न गर्यो
कपन अनलाइन
काठमाडौं ,जेष्ठ ८।
भक्ति इन्टरनेसनल एकेडेमीले नयाँ शैक्षिक सत्रको प्रारम्भसँगै अभिभावक माझ पाठ्यक्रम अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ। विद्यालय हलमा आयोजित उक्त कार्यक्रममा विभिन्न कक्षाका अभिभावकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
विद्यार्थीहरूको शैक्षिक यात्रामा अभिभावकहरूको सक्रिय सहकार्य सुनिश्चित गर्नु रहेको विद्यालय प्रशासनले जनाएको छ। अभिमुखिकरण कार्यक्रममा विद्यालयका कक्षागत शिक्षक शिक्षिकाहरूले कक्षा अनुसारको पाठ्यक्रम, मूल्यांकन प्रणाली, सह-पाठ्यक्रम क्रियाकलाप तथा विद्यार्थी विकासका रणनीतिहरूको विस्तृत जानकारी प्रस्तुत गरेका थिए।
विद्यालयका प्राचार्य नवराज भट्टले आफ्नो मन्तव्य दिंदै अभिभावक, विद्यार्थी र विद्यालयबीच सुदृढ साझेदारी आवश्यक रहेको बताए। उनले भक्ति इन्टरनेसनल एकेडेमीले गुणस्तरीय शिक्षासँगै नैतिक मूल्य र अनुशासनमा समेत जोड दिएको उल्लेख गरेका छन ।
कार्यक्रमको अन्त्यमा अभिभावकहरूले विद्यालयले लिएको पहलको प्रशंसा गर्दै भविष्यमा पनि यस्ता संवादमूलक कार्यक्रमहरू निरन्तर सञ्चालन गर्न सुझाव दिएका थिए।

तपाइँको प्रतिक्रिया ।
