‘म’ एक बदनाम पलासको फुल : रुपाञ्जली चालिसे (कविता )
कपन अनलाइन
काठमाण्डौ, जेष्ठ ३।
पाखा भरी फलेर–फुलेर सुन्दरता छर्दै
सबैको मन मोहीत गर्ने,
‘म’ आज सेतो चाँदी जस्तो फुलेको कपाल ।
बन्जर धर्तिमा पौरखको खेती लह लह उब्जाउने,
‘म’ आज ट्याङ्कामा कोचेर मुजैमुजा परेको पुरानो कपडा
बिरामी र असक्तको आँसु र पसिना पुछ्दै
सबैलाई हिम्मत जुटाउने,
‘म’ आज आफ्नै पिठू कन्याउन नसक्ने
असक्त असहाय बुढो हात ।
गीत र लोरी सुनाउदै सुरिलो आवाजले,
सपनीको सुनौलो सहर पु¥याउने,
‘म’ आज परिवालाई तर्साउने डरलाग्दो खोकी र सुस्केरा ।
सबैको बीच सुन्दर मुस्कान छर्दै, दुःख काट्दै सुख बाँड्ने,
‘म’ आज दिमाग खुस्किएकी, दाँत फुस्किएकी तर्साउने बुढीया
चम्पा र चमेली झैँ बास्ना छर्दै लह हल झुल्ने झुलाउने
‘म’ गुलाब सरी प्रेमीहरुको रोजाईमा न परेकी,
एक बदनाम पलासको फुल ।
ढोकाको पुरानो भोटे ताल्चाले घरको सुरक्षा गरे झैँ
दिन रात सुरक्षा गर्ने,
‘म’ बाटोको एक कालो पत्थर बाटुवालाई ठोक्कर लाग्ने
आँधी र वर्षातबाट बचाउँदै,
भान्छा र कोठाहरुलाई लिप्दै रङ्गाउँदै सजाउने,
‘म’ आज धुलै धुलोले ढाकिएकी
भित्तामा टाँगीएकी पुरानो भद्दा कुरुप तस्बीर ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक