चार मुक्तक : आकाश अधिकारी
कपन अनलाइन
काठमाण्डौ, बैशाख २०।
बेलाबेला घुमफिर गर्नु पर्छ जिन्दगीमा !
यौवन र बैँसपनि कुहि झर्छ जिन्दगीमा !
दम्भ अनि घमण्डले आफैलाई पिर्ने गर्छ !
गुंड छाडी बचेरोले बसाइँ सर्छ जिन्दगीमा !
सबै आआफ्नो अडानमा अडिग भएपछि !
हिसाबकिताब मिल्छ त् दण्डित भएपछि !
मेरो गोरुको बार्है टाँका भनेर कहाँ हुन्छर ?
दाँइ सकिएला त दयाँरानै पण्डित भएपछि !
खोला त¥यो लौरो बिस्र्यो कस्तो बैगुनि हो !
आज भेटमा किन झस्क्यो कस्तो बैगुनि हो !
करायो करायो दान र दक्षिणा कता हरायो ?
फूल सम्झेर माया पस्र्यो कस्तो बैगुनी हो ?
भित्ताको ऐनाले त बाहिरी रुप रंग बताउछ !
चेतना नभएको बस्तुले कसरी ढंग बताउछ ?
आखिर म नजाती छु नराम्रो छु कस्ले भन्छ ?
मरेको छैन भन्ने कुरा उस्को अहम् बताउछ !
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।