हवाई आक्रमणमा २० यमनी नागरिकको मृत्यु

हवाई आक्रमणमा २० यमनी नागरिकको मृत्यु

साना (यमन), ५ असोज । साउदी अरब नेतृत्वको संयुक्त सुरक्षाफौजको हवाई आक्रमणमा कम्तिमा २० यमनी नागरिकको मृत्यु भएको विभिन्न स्रोतबाट जानकारी हुन आएको बताइएको छ ।

साउदी अरब नेतृत्वको संयुक्त सुरक्षाफौजले गरेको हवाई आक्रमणबाट अलसाबेन इलाकामा अवस्थित चार घर ध्वस्त हुँदा स्थानीय नागरिकको मृत्यु भएको उद्धारमा खटिएको एक अधिकारवादी समूहले जनाएको छ ।

भत्किएका घरका भग्नावशेषभित्र जीवित मानिस पाइने आशामा उद्धार कार्य समेत जारीे उक्त समूहले जनाएको छ ।
स्थानीयवासीले हवाई आक्रमणले निशाना बनाएको क्षेत्रमा कुनै पनि हुठी नेता तथा उनीहरुका समर्थकको सैन्यले कारबाही नचलाएको बताएका छन् ।
संयुक्त सुरक्षा फौजले यमनी राजधानी सानातिर अघि बढ्ने क्रममा भयानक हवाई कारबाही चलाएको बताइएको छ ।

तपाइँको प्रतिक्रिया ।