सुतली बमसहित युवक पक्राउ
विराटनगर, ६ असोज । सुतली बम र पेट्रोल बमसहित एक युवकलाई मङ्गलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
विराटनगरको महावीरचौकबाट विराटनगर–१५ बस्ने १८ वर्षीय अमर मरिक डुमलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय विराटनगरले जनाएको छ । ती विस्फोटक पदार्थ बोकी हिँडिरहेको अवस्थामा प्रहरीलाई शङ्का लागेर जाँच गर्नेक्रममा ती सामान बरामद भएको हो ।
बाकी अनुसन्धान पछि सबै कुरा बाहिर आउने छ , जिल्ला प्रहरी कार्यालय विराटनगरले जानकारी गराएको छ ।
तपाइँको प्रतिक्रिया ।
