पाँच मुक्तक : उपेन्द्रराज विश्वकर्मा (कविता )

पाँच मुक्तक :  उपेन्द्रराज विश्वकर्मा (कविता )

कपन अनलाइन

काठमाण्डौ, बैशाख १३।

स्वार्थ मात्रै लुटी दिन्छन गरिब भए पछि
आफ्ना पनि छुटी दिन्छन गरिब भए पछि
प्रेममा स्वार्थ हेरिदैन भन्ने त भनाई मात्र हो,
पवित्र प्रेम पनि टुटी दिन्छन गरिब भए पछि

एक्लै जन्मेको थिएँ एक्लै मरिन्छ अब
मुटु बलियो ढुङ्गाको चट्टान बनिन्छ अब
आवस्यक पर्दैन स्वार्थी आफन्तहरूको,
जिन्दगी सँग एक्लै एक्लै लडीन्छ अब ।

म मरेको खबर कसैले त सुनाउँछन् होला
खुशी मनाउँदै मेरो मलामी आउँछन् होला
देखावटी आँसु देखाएर पक्कै पनि आफन्त
मेरो मरेको लासमा आँसु बगाउँछन् होला ।

खुशी सारा मेरो दैबले लुटेको दिन
टुक्रा टुक्रा शिसा झै मुटु फुटेको दिन
आँसुको भारी बोकेर आइपुग्यो फेरि
तिमी मेरो अँगालोबाट छुटेको दिन

सहन मलाई गाह्रो भयो मुटुमा खत लागेपछि
तड्पन विवस भए जीवनमा आपत लागेपछि
अब रक्सी चुरोटको नशाले त छुँदै नछुने भयो,
तिमीलाई भुल्नलाई कुलतको लत लागेपछि ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।