दुई मुक्तक : भारद्वाज मित्र

दुई मुक्तक : भारद्वाज मित्र

कपन अनलाइन

काठमाण्डौ, बैशाख १३।

मेरा चेतनाका सारहरू
उर्लंदा नदीका धारहरू
लहलह बग्छन् कलकल गर्दै
उज्याला सपनाका तारहरू ।

फोहोरी वर्खे झारहरू
समुन्नतिका जारहरु
ढल्छन् चेतनाका अस्त्रहरूले
काँडाका ती बारहरू ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।