कठै मेरो देश : तृष्णा श्रेष्ठ (कविता )
कपन अनलाइन
काठमाण्डौ, बैशाख १३।
कठै मेरो देश
खै के भनुम मेरो देशको
बारेमा वर्णन नै गर्न सक्दिन ।
वीर गोर्खालीको सन्तान भनी
धाक लगाउन सक्दिन ।
निर्दोष व्यक्तिहरूले मात्र बलि
चडाउनुपर्छ आफ्नो ज्यानको
कयौँ नेता बसेका छन्
कुर्सी भित्र बचाएर आफ्नो ज्यान ।
आफ्नै देशमा पनि मानिसहरू
असुरक्षित भए ।
मानिसको मृत्यु भएपछि सडक
आगोले दन्किए ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।