शुभकामना : सुरेशचन्द्र घिमिरे (कविता )

शुभकामना :   सुरेशचन्द्र घिमिरे (कविता )

कपन अनलाइन

काठमाण्डौ, बैशाख ६।

१) पैलो चरण
तेत्तिसकोटि देव
पर्छु शरण
२) नयाँबर्षमा
सबै भक्त देखिन्छौँ
खुशीहर्षमा
३) कामना गरौँ
एकासीझैँ पीडामा
कोहीनपरौँ
४) पुकार्छु मैले
ईष्र्या रिस कटुता
त्यागौँ सबैले
५) सम्झन्छौँ सारा
ब्रम्हा विष्णु महेश
हाम्रो सहारा
६) खुशी छाइयोस्
सुख शान्तिदेशमा
देख्नपाइयोस्
७) मानौँला चाड
भाइचारा सम्बन्ध
बनोस् प्रगाढ
८) भोगौँलाशान्त
सामाजिकन्यायको
बनोस् दृष्टान्त
९) स्वस्थ्यपूर्ति होस्
नयाँजोशजाँगर
तनफुर्ती होस्
१०) सत्य चालियोस्
विकृतिको पथमा
भाँजो हालियोस्
११) गर्छु चाहना
बयासीको सबैमा
शुभकामना
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।