शुभकामना : रमेश पोखरेल (कविता )
कपन अनलाइन
काठमाण्डौ, बैशाख ६।
समृद्धि होस् मुलुकको शान्ति छाओस् देशमा
हाँसीखुसी बाँच्नपाइयोस् नयाँ परिवेशमा
सगरमाथासरि आस्था निष्ठा नि चुलियोस्
चट्टानझैँअनुशासन सदैव खडा होस् ।
हत्या, हिंसा, अत्याचार हुँदै नहुन् कहिल्यै
सबै जाति, भाषा, धर्म एक ढिक्का हुन् जहिल्यै
अखण्ड होस् देश भन्ने जनभावना छ
फेरि आयो नयाँवर्ष शुभकामना छ ।
डाँडाकाँडा हरियालीपूmलफुलेको राम्रो
अखण्डता जोगाउँदै धानझुलेको राम्रो
एकैपटक हिमाल, पहाड, तराई हाँसे राम्रो
शुभ रहोस्भन्दै आयो नयाँवर्ष हाम्रो ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।