नव बर्षको हार्दिक शुभकामना : नीमबहादुर ओली (कविता )

नव बर्षको हार्दिक शुभकामना : नीमबहादुर ओली (कविता )

कपन अनलाइन

काठमाण्डौ, बैशाख ६।

आफूभित्र रहेको अपार सम्पत्ति चिन्नसक्ने शक्ति पाइयोस्
जन्म जन्मदेखि गाँजिएको, अहंकारी माला त्याग्न पाइयोस् ।

आफूलाई भुली अरूतर्फ फर्कने दुर्जन बानी निस्वार्थ हटुन्
भै प्रस्फुटन दिव्य सम्पत्ति सकलमा, हिरैहिरा हात लागुन्

कणकण वालुवादेखि चराचर जगतमा, ईश्वर नै ईश्वर बसुन्
नेपाल देवभूमि शान्तभूमि स्वर्गभूमीको सन्देश सदैव रचुन् ।

शान्तिको खातिर रोजाइमा परेको नेपाल भूमि सुन्न पाइयोस्
ताँतीलागि भित्रिएका पाहुनामा शान्तिको बुटी भर्न पाइयोस् ।

सुखशान्ति समृद्धिले बास गरेको विश्व जगतमा देख्न पाइयोस्
केदिउँ शुभकामना नवबर्षमा, जनजनमा यहीँभाव फैलियोस् ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।