दुई मुक्तक : भारद्वाजमित्र

दुई मुक्तक : भारद्वाजमित्र

कपन अनलाइन

काठमाण्डौ, बैशाख ६।

भित्री पाना हृदयको भर्नै पा’को छैन
मन्को कुरा तिमीसँग गर्नै पा’को छैन
तिमी आउँने मूलबाटो थाहा नपाएरै
बाटाभरि प्रीति पूmल छर्नै पा’को छैन ।

झारमात्र पलाउने बारी अव गोडनु हुन्न
व्यर्थै त्यहाँ श्रम खर्चेर ज्यान तोड्नु हुन्न
सिनो भइसकेपछि अव दाहसंस्कार नगरी
कुनै हालतमा त्यसलाई छोड्नु हुन्न ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।