कविता सामर्थ्य : नन्दलाल आचार्य (लघुकथा)

कविता सामर्थ्य : नन्दलाल आचार्य (लघुकथा)

कपन अनलाइन

काठमाण्डौ ,चैत १६ ।

“कविताले के दिन्छ, आमा ?”
बच्चीको प्रश्न सुनेर आमा केहीबेर मौन रहिन् । हावाले झ्यालको पर्दा हल्लायो । उनले कोठाको कुनामा थन्किएको पुरानो डायरी निकालिन् ।
“शब्दले संसार दिन्छ, छोरी ।” उनले डायरीको पहेँलो पानाहरू पल्टाउँदै भनिन्, “हेर त, तिम्रो हजुरबुबाको कविता ।”
छोरीले मनमनै पढ्न थालिन्– ‘माटोको गन्धले आकाश बोक्छ, आँखाले शून्यता…’
त्यत्तिकैमा हल्लाखल्ला सुनियो । सडकमा केही मानिसहरू पुस्तकको बोरा जलाउँदै थिए । “कविताले विद्रोह भड्काउँछ !” उनीहरूले बोलेको आवाज सुनिन्थ्यो ।
छोरीले डायरी आमालाई फिर्ता दिइन्, “कविता त केवल शब्द रहेनछ आमा !”
आमाले छोरीको निधारमा चुम्बन गरिन् र मुस्कुराउँदै भनिन्, “हो, कविता केवल शब्द होइन, समयको आवाज हो ।”

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।
Close