आदर्श हुन् गुरु : तीर्थराज खड्का (कविता )

आदर्श हुन् गुरु : तीर्थराज खड्का (कविता )

कपन अनलाइन

काठमाण्डौ ,चैत १६ ।

गुरु हुन् ज्ञानका खानी ज्ञान बाँड्छन् बराबर
गुरु माता पिता हाम्रा आभा छर्छन् निरन्तर
बाटो आफ्नो बिराएमा सहि मार्ग हिडाँउछन्
समाती हातका ओँलिा अक्षरमा डुँलाउछन् ।

आफ्नो भविष्यका रेखा आफै कोर्न सिकाउँछन्
जसरी वृक्षले आफ्नो खाना आफै बनाउँछन्
गुरु मन्त्र सधैँ जप्दा ज्ञान मिल्ने अलौकिक
उज्यालो घाम लागे झैँ बन्छन् मानिस नैतिक ।

गुरुको दिव्य वाणीले आत्मज्ञान पलाऊँछ
एक बीज उमारेर लाखौ लाख फलाउँछ
गुरु सूर्य भए तारा चम्किदिन्छन् निरन्तर
आफ्नो आनन्दका लागि बन्नु छ आत्मनिर्भर ।

खुला आकाशमा सुर्य चम्केजस्तै सधैँभरि
उज्यालो मात्र देखिन्छ आन्धकार सबै हरि
सङलो पानी हुँदा मात्रै खोला देखिन्छा निर्मल
गुरु सच्चा भए मात्र बन्छः भविष्य उज्ज्वल ।

डो¥याएर सहि बाटो हिडाउने सबै गुरु
गुरु माता पिता मेरा ज्ञान बाँडने सबै गुरु
श्हिरमाथि बसालेर श्रद्धा सम्मानले गरुँ
कोटी कोटी नमस्कार मेरा आदर्श हुन् हरू ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।
Close