गजल : गङ्गा आचार्य सापकोटा
कपन अनलाइन
काठमाण्डौ ,चैत १६ ।
मान्छेहरू कसैमा देखिन्न भाइचारा
के ठान्नु दुःख पर्दा देलान् भनी सहारा
गर्छौ कुरा अनौठा सुन्दै अचम्म लाग्ने
झार्छौ कि झैँ तिमीले आकाशका सितारा
कोही दिँदा खुसी छन् कोही लिँदा खुसी छन्
हुन्छन् सबै जनाका आफ्नै विचारधारा
कर्तव्यबाट भाग्ने अधिकारमात्र माग्ने
यस्तो कसै कसैको देखिन्छ तुच्छ पारा
गङ्गा तिमी हमेसा बग्नू बनेर शान्त
छन् बस्तु फोहरी जे लाग्छन् स्वयम् किनारा
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।