दुई मुक्तक : भारद्वाज मित्र

दुई मुक्तक :  भारद्वाज मित्र

कपन अनलाइन

काठमाण्डौ ,चैत १६ ।

तराईमा बुकी फूल फुलाउन म सक्दिन
सत्यको न्यायको बाटो भुलाउन म सक्दिन
अँखा छोप्दै उसै मान्छे निदाएझैँ गरेपछि
नक्कली निदको निद्रा खुलाउन म सक्दिन ।

मान्छेको मन ओरलो खोज्छ
सजिलो बाटो रमाएरै पुग्छ
ओरालो लगेर शिखर पुगिन्न्न भन्ने
थाहा भएरै पनि मन ओरालै रोज्छ ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।
Close