दुई मुक्तक : गंगा लिगल
कपन अनलाइन
काठमाण्डौ ,चैत १६ ।
मेरो देशले खोजिरहेछ जागृति यहाँ
मेरो देशले खोजिरहेछ प्रगति यहाँ
जबर्जस्ति आमा धकेल्ने प्रयत्न नगरौँ
देशले खोजी रहेछ असल प्रवृत्ति यहाँ ।
बढौ सबै एकताको भावना लिएर
देशलाई थाम्दै जाऔ एकै चाहना लिएर
देश अति खतराको फन्दामा नपरोस्
अघि बढौ सबै प्रगतीको कामना लिएर ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।