भोलि ४ बजे बुढानिलकण्ठका १३ वटै वडामा नेकपा एमालेले कोण सभा गर्ने
कपन अनलाइन
काठमाण्डौ ,चैत १०।
नेकपा एमालेले बुढानिलकण्ठले नगरपालिकाका १३ वटै वडामा कोण सभा गर्ने भएको छ।
नेकपा एमाले केन्द्रीय कमिटीको निर्देशन पश्चात भोलि चैत ११ गते सोमबार ४ बजे बुढानिलकण्ठ नगरपालिकाका १३ वटै वडामा कोण सभा आयोजना गर्न लागिएको नगर कमिटीले जानकारी दिएको छ।
भोलि हुने कार्यक्रमका लागि सम्बन्धित वडाहरुले स्थान तय गरेको जानकारी दिदै नगर कमिटी अध्यक्ष प्रदीप डंगोलले पछिल्लो समय देखिएको राजनीतिक अवस्था र सरकारका राम्रा कामहरुका बारेमा जनतालाई सुसुचित गर्नका लागे कोण सभा आयोजना गरेको बताएका छन।
त्यस्तै गणतन्त्रको विकास र मजबुतीकरणका लागि सबै पार्टी पंक्तिलाई आग्रह गर्ने उनले भोलि हुने कार्यक्रमको तीव्र तयारीका लागि शाखा कमिटीहरुलाई अनुरोध समेत गरेका छन।
तपाइँको प्रतिक्रिया ।