होली मनाऔँ : सुरेशचन्द्र घिमिरे (कविता )
कपन अनलाइन
काठमाण्डौ ,चैत ९।
नर बोलीको
धेरै नाम चिनिन्छ
पर्व होलीको
धेरै नाम चिनिन्छ
पर्व होलीको
अपनाएको
पुख्र्यौली कालदेखि
चलि आएको
बसन्तपुर
चीर ठड्याएपछि
फागुको सुर
हुँदैन भय
असत्यमा सत्यको
हुन्छ विजय
हिरण्य पुत्र
प्रल्हादलाई मार्ने
रचिछन् शुत्र
फुपू होलीका
भष्म पार्न आगोमा
झिकिन् तरिका
पाप करायो
आफैँ पर्दै आगोमा
भस्म गरायो
रैछिन् पुतना
कृष्ण भगवान् लाई
मार्ने योजना
सोचेछन् हद
पुतनाको कृष्णले
गरेछन् बध
परेछन् दङ्ग
त्यसैको खुसी मान्दै
खेलिन्छ रङ्ग
चिन्ह मानिन्छ
रातो निलो पहेँलो
रङ्ग खेलिन्छ
धैर्यता निलो
कृष्णजीको पहेँलो
सौभाग्य रातो
चाड हो जान्ने
ईष्र्या रिस कटुता
त्यागेर मान्ने
रीत जनाउँ
नाचगान गरेर
होली मनाउँ
मेरो चाहना
होली पर्व सबैमा
शुभकामना
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
