ताङ्का : विश्वजित गुप्ता ‘विशाल’ (कविता )
कपन अनलाइन
काठमाण्डौ ,चैत ९।
१.
मायालु अनि
मेरो मुटु छ साह्रै
दयालुपनि
तिम्रो प्रेमप्रस्ताव
यो स्विकार्छ होला नि।
२.
प्रेमको पत्र
तनाव पो गरायो
पढ्न खोजेको
त्यो खै कता हरायो
खोज्दा मनै डरायो।
३.
हेरी उनको
मृघजस्तै नयन।
हृदय मेरो
उनलाई रोजेर
आफै गर्यो चयन।
४.
ओठ गुलाबी
आहा ! बोली मृदुल ।
आफ्नो काबुमा
गर्लिन् उनी सम्पूर्ण
नरहरूको हुल ।
५.
उनको केश
लम्बे, रेशमी, घना
छ उनीलाई
पाउने मेरो ठूलो
चाहना र सपना।
६.
उड्यो निद्रा र,
अलप भयो चैन ।
अलिकति नि
भोगविलास छैन ।
न मसँग छ पैन ।
७.
तिमी मुसुक्क
मुस्कुराएको तिम्रो
त्यो अनुहार
र ओठमा मुस्कान
छ साह्रै सुहाएको ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
