मेरी ‘बा’की संगीनी : रुपाञ्जली चालिसे (कविता )
मेरी ‘बा’ की संगीनी थिईन धरामा
सुन्दर, शान्त, बिनम्र
नामै लक्ष्मी कामै लक्ष्मी भन्दथे आदरणीय सब
सानै उमेरमा आईन भित्रिएर उनी उनकै प्याराको घर
दिईन साथ सङ्गीलाई दुःख र सुखमा
भएर नतमस्तक
मायाकी खानी उनी सदा सर्वदा गर्दथिन सबको सेवा
दिनरात उनी थाकिनन् कहिले
न त सुनाइन आफ्नो व्यथा
सङ्गीको साथ नै डटेर बसीन हरपल
उठाइकन गृहस्थीको भार नै
हुर्काइन सन्तानलाई दीइकन शिक्षा
भरेर ममताको हार झँै
हुर्किए सब बचेराहरू तब छाडी गए गुड,
उडे आकाश छुन
तरपनी मेरी ‘बा’ की संगीनी भईनन् हतास पल क्षण
हेर्दथिन हरदिन दुरदुरीमा आशाको दियो बाली
कोही त आउलान फर्केर पासमा आमाको याद गरी
सम्झाउथिन सङ्गीलाई दोष नदिनु उन्नति गर्ने बेला हो भनी
आफू चाहिँ रुन्थिन एकान्तमा बसी
गला नै अबरुद्ध हुने गरी
बिताएका दिनहरू दुःख र आशमा, गनेर दश औलामै
सायद कवि भएकिभए लेख्दथिन
काब्य कुनै उनी नै
‘बा’की संगीनी गइन अनन्तमा जसै यो संसार छोडीकन
के के लिएर गइन मनमा उनले कसलाई पो के थाहा कुन्नी ?
हेर्दैहुन् माथिको दुर देशबाट उनी सधैँ,
सङ्गीका भिजेका परेलीहरू
छैन केही उपाय आज सोच्दा मनमा
पश्चाताप नै अब म के गरु ?
यौटी सङ्गीनी जो गईन हृदय भित्रकी सर्वश्व नै सङ्गीको गयो
पुस्तकहरू जती लेखिए पनि के गर्नु सङ्गिनी
आँसु र एक्लो पन रह्यो
बगैँचा र आगनीमा छुनुमुनु गर्दै
गृहको सौन्दर्य बढायौ
आशावादी चल्दो पिÞmर्दो शरीर त्यो
आज खरानी कसरी भयो ?
न आउ ऐ भंगेरा, परेवा अब यहाँ चारो पाउला भनी
छैनन् आज मेरी सङ्गिनी जगमा
छाडेर गइन उनी ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
