दुई मुक्तक : भारद्वाज मित्र
कपन अनलाइन
काठमाण्डौ ,चैत ९।
मेरा सङ्ला भावहरू
उर्लंदा नदीका धारहरू
लहलह बग्छन् कलकल गर्दै
उज्याला सपनाका तारहरू ।
म आगो रे तिमी पानी मेल फरक फरक
जिन्दगीको हेर यहाँ खेल फरक फरक
भाचिएर जोडन सक्ने आकार हैन माया
छैन साथ तेसैले त अचेल फरक फरक ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
