पुर्व रास्ट्रपतिको आँगनबाट नेकपा एमाले काठमाण्डौ क्षेत्र नं ४ को अभियान शुरु
कपन अनलाइन
काठमाण्डौ ,चैत ८।
नेकपा एमाले काठमाण्डौ क्षेत्र नं ४ ले पुर्व रास्ट्रपति विद्यादेवी भण्डारीको निवासबाट जरा अभियानको शुरुवात गरेको छ।
चैत ८ गते काठमाण्डौ क्षेत्र नं ४ मा रहेको बुढानिलकण्ठ नगरपालिका वडा नं २ स्थित पुर्व रास्ट्रपति भण्डारीको निवासमा एक कार्यक्रमको आयोजना गर्दै अभियानको शुरुवात गरिएको क्षेत्र नं ४ का संयोजक राजन पोखरेलले जानकारी दिएका छन।
अब आउने संघीय ,प्रदेस र स्थानीय तहको निर्वाचनलाई केन्द्रीत गरेर अभियानको शुरुवात गरिएको बताउदै संयोजक पोखरेलले सो अभियान क्षेत्र नं ४ का १२ वटै वडामा संचालन गरिने जानकारी दिएका छन।
नेकपा एमालेकका पोलिट ब्युरो सदस्य तथा क्षेत्र नं ४ का इन्चार्ज कृष्ण राई सहित विभिन्न तहका नेताहरुको उपस्थिति रहेको अभियान शुभारम्भ कार्यक्रममा बोल्दै पुर्व रास्ट्रपति भण्डारीले तिन तहकै निर्वाचनमा नेकपा एमालेलाई विजयी बनाउनका लागि सक्रियता पुर्वक लाग्नका लागि शुभकामना दिएकी थिइन् ।
तपाइँको प्रतिक्रिया ।