अभिलाषा र सपिरको जोडी सेमिफाइनलमा

अभिलाषा र सपिरको जोडी सेमिफाइनलमा

कपन अनलाइन

काठमाण्डौ ,फागुन १७।

नेपालकी नम्बर वान टेनिस खेलाडी अभिलाषा विष्ट र इजरायलकी सपिर कोहेनका जोडी दक्षिण अफ्रिकामा जारी डब्लु १५ प्रेटोरिया टेनिस प्रतियोगिताको महिला डबल्समा सेमिफाइनलमा प्रवेश गरेका छन् ।
अभिलाषा र सपिरको जोडीले क्वाटरफाइनलमा अमेरिकाकी श्रीया अटुरु र भारतकी अस्मिथा इस्वारामुर्थीको जोडीलाई ६–७, ६–४ र १०–४ को सेटमा पराजित गरे । त्यसअघि अभिलाषा र सपिरको जोडीले दक्षिण अफ्रिकाका मिया लेह सिल्लर्स र नाद्जा वाल्टरको जोडीलाई ६–० र ६–१ को सोझो सेटमा सहजै हराएका थिए ।
सेमिफाइनलमा अभिलाषा र सपिरको जोडीले जर्मनीकी भिभेन सन्दवर्ग र नेडरल्यान्ड्सकी भान प्रोपेलको सामना गर्ने अभिलाषाका पिता अजय विष्टले जनाएका छन् । अजयका अनुसार यो प्रतियोगिताको कूल पुरस्कार राशी १५ हजार अमेरिकी डलरको हो ।

तपाइँको प्रतिक्रिया ।
Close