ईश्वर : सृजना घिमिरे ढकाल ( लघुकथा )

ईश्वर :  सृजना घिमिरे ढकाल ( लघुकथा )

कपन अनलाइन

काठमाण्डौ ,फागुन १७।

“यी मानिसहरु लाई किन केहीले पुग्दैन र यो भाग दौड ?” आफ्नो पुजा गर्न आएका मानिसलाई देखेर ईश्वरको उपनाम पाएको पत्थरले पीपललाई सोध्यो ।
“आत्मसन्तुष्टि नभएर ! मलाई फन्को मार्दै बर्बराउछ्न्, यो देऊ, त्यो देऊ, त्यस्को भन्दा धेरै । म खुशी छु, मसँग सबै थोक छ, कहिले भन्दैनन् ।” पीपलले जवाफ दियो ।
“अनि हामीमा यो सबै दिन सक्ने सामथ्र्य छ त ?” पत्थरले सोध्यो ।
“यो सबै त थाहा छैन तर तिमीले र मैले दिनसक्ने कुरा त हामीले माग्ने, नमाग्ने सबैलाई समानरुपले दिएकै छौँ ।” पीपलले भन्यो ।
पत्थरले भन्यो, “त्यसो भए यी मानिसले हामीलाई चिनेका रहेछन् ।”
पीपलले जवाफ दियो – “मानिसले हामीलाई त चिने तर आफूलाई चिन्नसकेका छैनन् । आफ्नै आत्मामा ईश्वर राखेर आफ्नै स्वार्थले ढाकेका छ्न् ।”
पत्थरले फेरि सोध्यो, “किन पहिचान गर्न सकेका छैनन् ?”
“निश्चल र निश्वार्थ हृदयका साथ आफ्नो कर्तव्यमा अडिग रहने गुण नभएर !” पीपलले भन्यो ।
पीपलको कुरा बुझेर पत्थरले खिस्सी गर्दै भन्यो, “हामीभन्दा उच्च चेतना भएका ईश्वरहरु हाम्रो पूजा गर्छन् ।”

सहयात्रा : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।