नेसनल ब्लुमिङ फ्लावर एकेडेमी बुढानिलकण्ठ-४ को १६ औ अभिभावक दिवस सम्पन्न
कपन अनलाइन
काठमाण्डौ ,फागुन ११।
बुढानिलकण्ठ नगरपालिका वडा नं ४ मा रहेको नेसनल ब्लुमिङ फ्लावर एकेडेमीको अभिभावक दिवस २०८१ सम्पन्न भएको छ।
काठमाण्डौ विश्वविद्यालयका सह प्राध्यापक डा. बिनोद प्रसाद पन्तको प्रमुख आतिथ्यता तथा प्रिन्सिपल शर्मिला केसीको अध्यक्षतामा भएको सो अभिभावक दिवसमा विद्यार्थीहरुले विभिन्न सांगीतिक तथा सांस्कृतिक प्रस्तुतिहरु राखेका थिए।
नेपाल बार एसोसिएसनका पुर्व अध्यक्ष प्रेम बहादुर खड्का, वडा नं ४ का अध्यक्ष श्रीराम केसी, वडा नं ५ का सदस्य रण बहादुर तामाङ्ग, बुढानिलकण्ठ माविका पुर्व प्रधानाध्यापक बेद बहादुर खड्का ,बुढानिलकण्ठ शैक्षिक मंचका अध्यक्ष कृष्ण प्रसाद लामिछाने ,प्याव्सन बुढानिलकण्ठका अध्यक्ष राधेश्याम श्रेष्ठ लगायतको उपस्थितिमा भएको उक्त अभिभावक दिवसमा विभिन्न प्रतियोगितामा विजयी विद्यार्थीहरुलाई पुरस्कार पनि वितरण गरिएको थियो।
त्यस्तै सो अवसरमा भएको नगर स्तरीय तेक्वान्दो प्रतियोगितामा विजेता बनेका खेलाडीहरुलाई नगर पुरस्कार सहित प्रमाण पत्र समेत वितरण गरिएको थियो। करिव २३० जना खेलाडीहरु सहभागी रहेको सो प्रतियोगितामा प्रथम ,दितीय र तृतीय भएका खेलाडीहरुलाई क्रमस १० ,६ र ३ हजार नगर पुरस्कार प्रदान गरिएको थियो।
लामो समयदेखि शिक्षा क्षेत्रमा सक्रिय रहदै सेवा पुर्याइरहेको नेसनल ब्लुमिङ फ्लावर एकेडेमीले विद्यार्थीहरुको रचनात्मक तथा सृजनात्मक विकासका लागि विभिन्न कार्यक्रमहरु गर्दै आएको छ।