गीतल : वन्दना पौडेल

गीतल : वन्दना पौडेल

कपन अनलाइन

काठमाण्डौ ,फागुन ८।

प्यारो मान्छे, तिमी बिना अधूरो लाग्छ,
मनको बगैँचामा तिमी नभए, सुनसान लाग्छ ।

तिम्रो हाँसो घामझैँ झुल्कन्छ यो मनमा,
तिम्रो स्पर्श बतासझैँ चल्छ यो तनमा,
तिम्रो यादको फूलहरूले, मन रँगाइदियो,
प्यारो मान्छे, तिमी बिना अधूरो लाग्छ ।

बिहानीमा तिमी हाँसेझैँ लाग्छ चहकिलो,
साँझ परे तिमी परेझैँ लाग्छ गहिरो,
जति टाढा भए पनि, मन नजिक आइदियो,
प्यारो मान्छे, तिमी बिना अधूरो लाग्छ ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।