गजल : लक्ष्मी स्मृति

गजल : लक्ष्मी स्मृति

कपन अनलाइन

काठमाण्डौ ,फागुन ८।

सकिनसकी बिर्सीदिउँला पिरेको छ भने ।
यी बोलीले कोमल छाती चिरेको छ भने ।

गरिब छु मजदुरीमा लाज लाग्दैन मलाई
नपरौँला सामुन्ने शीर गिरेको छ भने ।

जहॉ जाउँ पछ्याईरहन्छन तिम्रा यादहरु
फर्कनेछु कठोर त्यो मन् फिरेको छ भने ।

भन्ने भन्छन छोडी जाने पर्देशीको के भर
नआत्तिनु हरपल नाशो भिरेको छ भने ।

पत्थर हैन कोमल मन हो कसो नफिर्ला
बैगुनी लाई गुनले हिसाव तिरेको छ भने ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।