हिमाली र रिलायन्स फाइनलमा

हिमाली र रिलायन्स फाइनलमा

कपन अनलाइन

काठमाण्डौ ,फागुन ७।

आयोजक हिमाली बोर्डिङ स्कुल र रिलायन्स रेसिडेन्सियल प्रथम हिमाली अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा मंगलबार फाइनलमा प्रवेश गरेका छन् ।
पिङलास्थानस्थित घरेलु कोर्टमा हिमाली ग्रिन लन्सलाई १९–१३ ले पराजित ग¥यो । हिमालीकी जस्तिना लामाले ९ अंक जोडिन् । रिलायन्सले क्यान्भासलाई ३८–११ ले हरायो । रिलायन्सकी एलिसा तामाङले २० स्कोर गरिन् ।
सिनियर ब्वाइजमा ज्ञान निकेतनले हेम्सलाई ६०–४० तथा विल्सन एकेडेमीले हिमालीलाई ७४–६० ले पाखा लगाउदै उपाधि भिडन्त पक्का गरे । ज्ञान निकेतनका महेन्द्र प्याकुरेलले ३० तथा विल्सनलका रेहान डंगोलले ३२ अंक जोडे ।
जुनियर ब्वाइजमा सम्भावीले हिमालीलाई ३४–२० तथा ग्रिन लन्सले सनसाइनलाई ३६–२७ ले पन्छ्याउदै फाइनलमा स्थान सुरक्षित गरे । फाइनल बुधबार हुनेछ ।

तपाइँको प्रतिक्रिया ।
Close