गीत : प्रीति कौर
कपन अनलाइन
काठमाण्डौ ,फागुन ३।
तिमीलाई सम्झी सम्झि रात ढल्छ अचेल
हृदय भरी प्रीतको दीप जल्छ अचेल
तिमीलाई सम्झी सम्झि रात ढल्छ अचेल
तिमी आयौ, जिन्दगी मुस्कुराएझै लाग्यो
ओइलिएका आशा जुरमुराएझै लाग्यो
ढुकढुकीमा हरघडी तिम्रै गीत चल्छ अचेल
तिमीलाई सम्झी सम्झि रात ढल्छ अचेल
तिमीलाई भेटेँ र त हास्ने बाहाना भयो
सादा जीवनमा रङ्ग भर्ने चाहाना भयो
तिम्रै प्रेमको मलमले पिडा टल्छ अचेल
तिमीलाई सम्झी सम्झि रात ढल्छ अचेल ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।