रिलायन्स एजुकेसन नेटवर्कको “आरइएन विज्ञान प्रदर्शनी तथा साहित्य महोत्सव-२०२५” आज बाट शुरु हुने

रिलायन्स एजुकेसन नेटवर्कको “आरइएन विज्ञान प्रदर्शनी तथा साहित्य महोत्सव-२०२५”  आज बाट शुरु हुने

कपन अनलाइन

काठमाण्डौ ,फागुन १ ।

रिलायन्स एजुकेसन नेटवर्कअन्तर्गत रहेको रिलायन्स इन्टरनेसनल एकेडेमी चाबहिलले आरइएन विज्ञान प्रदर्शनी तथा साहित्य महोत्सव-२०२५ को आयोजना गर्न लागेको छ।

फागुन १ देखि ३ गते गतेसम्म सञ्चालन हुने यस प्रदर्शनीमा विज्ञान, प्रविधि, अनुसन्धान, नवप्रवर्तन तथा साहित्यका विविध गतिविधिहरू समेटिने छन्।

यो प्रदर्शनीमार्फत करिब ५००० विद्यार्थीहरू लाभान्वित हुने आयोजकहरूको अपेक्षा रहेको नेटवर्कका अध्यक्ष रविन्द्र जङ्ग थापाले जानकारी दिएका छन  ।विज्ञान, सूचना प्रविधि, कला, साहित्य र अनुसन्धानमा रुचि राख्ने विद्यार्थीहरूलाई प्रयोगात्मक सिकाइ उपलब्ध गराउनु यसको प्रमुख उद्देश्य हो।

प्रदर्शनीमा ४९ स्टलहरू रहनेछन्, जसमा विज्ञान र सूचना प्रविधिसम्बन्धी खोज, अनुसन्धान तथा नवीनतम प्रविधिहरू समेटिएका छन्।

तपाइँको प्रतिक्रिया ।
Close