आइटिसीको भव्य तीज कार्यक्रम

आइटिसीको भव्य तीज कार्यक्रम

कपन अनलाइन, भाद्र २६
सौन्दर्य प्रशाधन क्षेत्रमा देशकै अग्रणी संस्था आइटिसीले हरितालिका तीजको अवसरमा विशेष कार्यक्रम आयोजना गरेर सम्बन्धित पक्षहरुसँग चाडबाडको रमाइलो साटासाट गरेको छ । राजधानीलगायत देशका बिभिन्न प्रमुख सहरमा शाखा कार्यालय रहेको आइटिसी नेपालमा व्यूटिसियन तालिम दिने सबैभन्दा ठूलो संस्था हो । महिलाहरुको क्षेत्रमा कार्यरत संस्था भएकोले आइटिसीले हरेक वर्ष तीजको अवसरमा विशेष कार्यक्रम आयोजना गर्ने गरेको छ । तीजको अवसर पारेर शुभकामना आदानप्रदान सौन्दर्य प्रशाधन क्षेत्रमा विशेष योगदान दिएका व्यक्तिहरुलाई सम्मान लागायत नाच गरेर मानाइएको कार्यक्रममा आइटिसीका राजधानीमा रहेका बिभिन्न शाखाका करिब ३०० प्रशिक्षार्थीहरुको साथमा नेपाली कला क्षेत्रका बिभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

सुकेधारामा रहेको कार्की प्यार्टी प्यालेमा आयोजित कार्यक्रममा भारतबाट आएका छालासम्बन्धि प्रशिद्ध डा. नरेश अरोरा कार्यक्रमका आकर्षण थिए । कार्यक्रममा आइटिसीकी संचालिका शोभा आर्यालले कार्यक्रममा संस्थालाई अझै प्रभावकारी बनाउन यो आगामी दिनहरुमा अझै बिभिन्न सान्दर्भिक पक्षहरु आफ्ना तालिम केन्द्रहरुमा थप गर्ने जानकारी गराइन् । आइटिसीले हरेक वर्ष करिब १००० जना दक्ष जनशक्ति तयार गर्ने गरेको छ । आइटिसीमा तालिम लिने करिब ३० प्रतिशत प्रशिक्षार्थीहरु विदेशमा काम गरिरहेको एक सहभागिले जनाए ।

कार्यक्रमको केही झलक फोटोमा

IMG_8103 IMG_8107 IMG_8099 IMG_8091 IMG_8086 IMG_8192 - Copy IMG_8174-001 - Copy IMG_8174 IMG_8166 IMG_8161 - Copy IMG_8138 IMG_8139 IMG_8126 IMG_8133 IMG_8109 IMG_8112 IMG_8118 IMG_8123

तपाइँको प्रतिक्रिया ।