दक्षिण एसियाकै उत्कृष्ट संविधान आउने: रामचन्द्र पौडेल
काठमाडौँ, २४ भदौ । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले तराईमा आन्दोलनरत दललाई वार्ताका माध्यमबाट सहमति खोज्न आग्रह गर्नुभएको छ ।
नेपाल वाणी नेटवर्क प्रालिको पाँचौ वार्षिकोत्सवका अवसरमा यहाँ आयोजित कार्यक्रममा नेता पौडेलले संविधान निर्माण प्रक्रिया नजिकिँदै गर्दा आन्दोलनभन्दा पनि सहमतिको विकल्प नहुने बताउनुभयो । निर्माणको अन्तिम चरणमा पुगेको नयाँ संविधानले मधेसी, दलित, महिलालगायत सम्पूर्ण समुदायलाई समेटेको हुँदा सो संविधान दक्षिण एसियाकै उत्कृष्ट संविधान हुने जिकिर उहाँले गर्नुभयो ।
सो अवसरमा सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले जायज मागलाई वार्ताको माध्यमबाट पनि समाधान गर्न सकिने हुँदा वार्तामा आउन आन्दोलनरत मधेसी दललाई आग्रह गर्नुभयो ।
सो अवसरमा पत्रकारिता क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दैै पत्रकार ऋषि धमला, रामजी दाहाल र मुक्तिबाबु रेग्मीलाई सम्मान गरिएको थियो ।