५१ जनाले रक्तदान गरे

५१ जनाले रक्तदान गरे

कपन अनलाइन, भाद्र-२६
कपन रेडक्रश उपशाखा र सदाबहार खेलकुद समाजले आयोजना गरेको रक्तदान कार्यक्रममा ५१ जनाले रक्तदान गरेका छन् । नेपाल रेडक्रश सोसाइटी कपन उपशाखा प्रांगणमा भएको रक्तदान कार्यक्रममा समासद गगन थापा प्रमुख अतिथिको रुपमा उपस्थित थिए । देशभर रगतको अभाव भएको हल्ला चलिरहेको अवस्थामा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । यद्यपि शनिवार बिहानैदेखि अविरल वर्षा भएपछि रक्तदाताहरुको संख्या उल्लेख्य रुपमा कमि भएको कार्यक्रमको सहआयोजक सदाबहार खेलकुद समाजका सचिव बद्रि भट्टराईले बताए । करिब १५० जना मानिसहरुलाई रक्तदान गराउने तयारीका साथ कार्यक्रम आयोजना गरिएको थियो भट्टराइले थपे । प्रतिकूल मौसमका कारण सोचेजस्तो रक्तदान कार्यक्रम हुने नसकेको जनाउँदै नेपाल रेडक्रम सोसाइटी कपन उपशाखाका सभापति बृहस्पती चालिसेले चाँडैले अर्काे बृहत्त रक्तदान कार्यक्रम आयोजना गरिने जानकारी दिएका थिए ।

IMG_8001

तपाइँको प्रतिक्रिया ।